१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परम्परागत गहनाहरू निर्यात गर्नुपर्छ : गृहमन्त्री खाण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

गृहमन्त्री बालकृष्ण खाणले नेपाली परम्परागत गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताएका छन् । बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरूसँग छलफल गर्दै गृहमन्त्री खाणले नेपालको परम्परागत तथा मौलिक गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताएका हुन्।  

उनले भने, ‘सुनचाँदीको हकमा त्यस्तो खालको सुन नै चिजचाहिँ उत्खनन् गर्न नसकिए तापनि केही उत्पादन हुन सक्ने सम्भावना रहेको र आयातमा हामी भर पर्नुपरेको कारणले र सुनलाई नेपाल भित्र्यायौँ भने पनि नेपालबाहिर गहनाको रूपमा हामीले उत्पादन गरेर पठाउन सक्यौँ, निर्माण गरेर हाम्रो परम्परागत गहनाहरू छन् ।’

नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नुपरेको भए पनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उनको भनाइ छ । नेपाली पुर्खाहरूले लगाएको गहनाहरूको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै सोअनुरूपको गहना बनाई विदेशी मुलुकमा पठाउनेतर्फ ध्यान दिन उनले व्यवसायीहरूलाई आग्रह पनि गरे ।  

उहाँले उद्योगी, व्यवसायीहरूको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालयमातहतका निकायहरूले उद्योगी, व्यवसायीहरूको सुरक्षामा काम गर्ने बताए।