मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

करार शिक्षकलाई स्थायी गर्ने निर्णय खारेज नभए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४८:oo

सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयको करार शिक्षकहरूलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गरेका छन्। सात विद्यार्थी संगठनले आज बिहीबार विज्ञप्ति जारी गर्दै आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने स्पष्ट पारेका छन्।

उनीहरूले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन सशक्त प्रतिरोधमा उत्रने चेतावनीसमेत दिएका छन्। नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एकीकृत समाजवादीनिकट अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी युनियन, क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपानिकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चानिकट अखिल छैटाैँले विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन्।

यस विषयलाई लिएर त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको खेद व्यक्त गर्दै विद्यार्थी आन्दोलनलाई ऐक्यबद्धता जनाउन शुक्रबार १ बजे कीर्तिपुर क्याम्पसमा बृहत् प्रदर्शनसहित सभाको आयोजना गर्ने विद्यार्थी संगठनहरूले जनाएका छन्।

'सिटिइभिटीले चिकित्सा शिक्षा ऐनविपरीत गर्न खोजेको भर्नाको बारेमा हाम्रो ध्यानाकर्षण भएको छ।रोकिएको पिसिएल नर्सिङको भर्ना तत्काल खुलाउन माग गर्दछौँ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कबाहेक थप शुल्क उठाउने मेडिकल कलेजहरूलाई कारबाही गर्न सरकारसँग माग गर्दछौँ। अन्यथा विद्यार्थी आन्दोलनले नै कारबाही गर्ने चेतावनी दिन चाहन्छौँ,' विद्यार्थी संगठनहरूले भनेका छन्, 'पूर्वाञ्चल विश्वविद्यालयले विगत डेढ वर्षअघि लिएको परीक्षाको परीक्षाफल आजसम्म प्रकाशन नगरेकाले विद्यार्थीहरूको करिअरलाई असर परिरहेको छ। यस्ता विषयमा गैरजिम्मेवार नबन्न पदाधिकारीहरूलाई खबरदारी गर्दछौँ। र, विश्वविद्यालयको क्यालेन्डर बनाई कडाइका साथ कार्यान्वयन गर्न माग गर्दछौँ।'

दैनिक उपभोग्य वस्तुमा भएको महँगीलाई नियन्त्रण गर्न सरकारले कदम चाल्नुपर्ने भन्दै विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्धको आन्दोलनलाई सशक्त बनाउँदै थप कठोर क्रियात्मक कार्यक्रम सार्वजानिक गर्ने जनाएका छन्।