१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय कलमा ठगी बढेको भन्दै ग्राहकलाई सतर्क रहन नेपाल टेलिकमको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o१:oo

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय कलका नाममा ग्राहक ठगिने क्रम बढेकाले सचेत हुन आग्रह गरेको छ । केही दिनदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भए पनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको ब्यालेन्सबाट पैसा काटिने गरी ग्राहक ठगिने क्रम बढेको हो । 

केही दिनदेखि कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको टेलिकमले जनाएको छ । यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटका माध्यमबाट हुन सक्ने भएकाले कम्पनीका ग्राहकले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरू इन्स्टल नगर्न वा हटाउन कम्पनीले आग्रह गरेको छ । सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरू नहुने भए तापनि कम्पनीका ग्राहकको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुन सक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको कम्पनीले जनाएको छ ।  

अनधिकृत र अनावश्यक कल हुन सक्ने अवस्थाबाट बच्नका लागि ग्राहक पनि सतर्क रहनुपर्ने कम्पनीको भनाइ छ । कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न नेपाल टेलिकमले आग्रह गरेको छ ।