मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २५ सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ श्रावण २५ सोमबार १३:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सांसद काउचाले भनिन्– कालो चस्मा खोलेर हेर्नुस् प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ श्रावण २५ सोमबार १३:५१:oo

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुलुकको हित, सीमारक्षा र सही नीतिगत कदममा सरकारलाई साथ दिने बताएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै ‘तपाईं एक्लो हुनुहुन्न’ भनेकी हुन्।

उनले विधि, प्रक्रिया र संसदीय मर्यादा उल्लंघन हुँदा भने प्रतिपक्ष मौन बस्न नसक्ने स्पष्ट पारिन्। सांसदले प्रश्न गर्नु घेराबन्दी नभएको भन्दै उनले सरकारलाई सचेत गराउनु संसदीय लोकतन्त्रको स्वाभाविक प्रक्रिया भएको बताइन्।

सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले संसद्‌मा दिएको अभिव्यक्तिप्रति आलोचना गर्दै काउचाले संवेदनशील विषयमा तथ्य र प्रमाणका आधारमा बोल्नुपर्ने धारणा राखिन्। विवादास्पद अभिव्यक्ति सच्याएर जनतासँग क्षमा माग्नु नेतृत्वको कमजोरी नभई शक्ति भएको उनको भनाइ थियो।

काउचाले प्रधानमन्त्री आफ्नै मन्त्रिमण्डल र दलभित्र समन्वय गर्न नसकेर एक्लिएको हो कि भन्ने प्रश्नसमेत उठाइन्। अर्थमन्त्रीसँगको विवाद र संवैधानिक निकायमाथि दबाब दिइएको भनिएका विषयले सुशासनमा प्रश्न उठाएको उनको भनाइ थियो।