मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २५ सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २५ सोमबार १३:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष र डे केयर सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २५ सोमबार १३:३८:oo

महालक्ष्मी विकास बैंकले शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना महिला कर्मचारीको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा सो सेवा सञ्चालनमा ल्याएको हो ।

स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष तथा डे केयरको स्थापना गरिएको बैंकले जनाएको छ ।

बिहीबार आयोजित एक कार्यक्रमबिच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमकी अध्यक्षले उक्त स्याहार कक्षको उद्घाटन गरेकी हुन् । महालक्ष्मी विकास बैंकले समावेशिता र लैंगिक समानतालाई प्राथमिकतामा राख्दै आएको छ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।