मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका कपिलवस्तु
Invalid date format १o:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोला तथा नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format १o:२o:oo

अविरल वर्षासँगै कपिलवस्तुमा आकस्मिक बाढीको जोखिम बढेको छ । बिहानदेखि लगातार परेको वर्षाका कारण पछिल्लो तीन घण्टामा भगवानपुर वर्षा मापन केन्द्रआसपासमा उच्च मात्रामा पानी मापन गरिएको जिल्ला विपत् व्यवस्थापन समिति कपिलवस्तुले जनाएको छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार तामाङले सो क्षेत्र भएर बहने नदी तथा स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। 

विपत् व्यवस्थापन समितिले विशेष गरी नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजग रहन, अनावश्यक आवतजावत नगर्न र आपतकालीन अवस्थामा तत्काल नजिकको सुरक्षाकर्मी वा प्रशासनलाई खबर गर्न अनुरोधसमेत गरेको छ ।