मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
Invalid date format १९:o३:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

जेन-जी आन्दोलनबाट क्षति पुगेका संरचनाको मुख्यमन्त्री बानियाँले गरे निरीक्षण

दोषीलाई कारवाहिको दायरामा ल्याउने चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o३:oo

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सरकारी र निजी संरचनाहरुमा पुगेको क्षतिको बिहीबार स्थलगत निरीक्षण गरेका छन्। प्रदेशका मन्त्रीहरुसहित पुगेका उनले प्रदेश सभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निरीक्षण गरेका हुन्।

मुख्यमन्त्री बानियाँले भौतिक पूर्वाधार मन्त्रालय, कृषी तथा पशुपन्छी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, खानेपानी तथा ऊर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हेटौँडा– १ चौकीटोलमा रहेको भाटभटनीको समेत निरीक्षण गरेका छन्।

आन्दोलनको क्रममा बागमती प्रदेश सरकारअन्तर्गतका ९ वटा मन्त्रालय र मातहतका कार्यालयहरुमा तोडफोड तथा आगजनी भएको थियो। त्यस क्रममा सरकारी भवनहरु, फर्निचर, फाइल, कागजात र सवारी साधनमा ठुलो क्षति पुगेको छ। निरीक्षणसँगै मुख्यमन्त्री बानियाँले मन्त्रालयका सचिव तथा कार्यालयका प्रमुखहरूसँग संरचनागत अवस्थाको बारेमा जानकारी लिएका थिए।

क्षतिग्रस्त संरचनाहरुको स्थल अवलोकनपछि मुख्यमन्त्री बानियाँले जेन-जी आन्दोलनका नाममा भएको अराजक गतिविधिले प्रदेशमा ठूलो क्षति पुगेको बताए। उनले यथाशीघ्र क्षतिको मूल्यांकन गरेर पुनर्निर्माणको प्रक्रिया अघि बढाउने स्पष्ट पारे। भौतिक संरचना पुनर्निर्माणको प्रभावकारी कार्यान्वयन र सेवाग्राही प्रभावित नहुने गरी आवश्यक कदम चालिने उनको भनाइ छ।

धेरै कार्यालयहरू तत्काल सेवा दिन सक्ने अवस्थामा नरहे पनि नागरिकलाई असुविधा नहोस् भन्नका लागि जतिसक्दो छिटो काम गरेर निकास दिने मुख्यमन्त्री बानियाँको दाबी छ।  ‘कुनै पनि बहानामा काम रोकिँदैन,’ उनले भने।

यस्तै, मुख्यमन्त्री बानियाँले जेन-जी युवाले अघि सारेका मागहरू जायज भए पनि त्यसको आडमा गैरराजनीतिक तत्वहरूले लुटपाट र आतंक मच्चाएको भन्दै त्यस्तो कार्य अस्वीकार्य भएको बताए। उनले त्यस्ता अराजनीतिक गतिविधि गर्नेहरूलाई छोड्न नहुने भन्दै राज्यले कानुनको दायरामा ल्याएर कडा कारबाही गर्ने चेतावनी दिए। साथै, मुख्यमन्त्री बानियाँले जेन-जीका जायज मुद्दा र माग सम्बोधनमा सबै तहका सरकार गम्भीर हुनुपर्नेमा पनि जोड दिए।