मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज १ बुधबार १७:o५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

कपन टाइगर तेक्वान्दो टोली इन्डिया गट ट्यालेन्टमा सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार १७:o५:oo

नेपाली खेलकुदको चर्चित तेक्वान्दो डेमोन्स्ट्रेसन टोली कपन टाइगरले भारतमा हुने इन्डिया गट ट्यालेन्टमा प्रतिस्पर्धा गर्ने भएको छ।

भारतको मुम्बईमा आगामी सेप्टेम्बर २४ देखि यो रियालिटी सो हुँदै छ। उक्त सोमा नेपाली खेलकुदको चर्चित ड्रेमोन्स्ट्रेसन टिम कपन टाइगरले प्रतिस्पर्धा गर्ने भएको हो। कुल २६ सदस्यीय नेपाली टोली आजै भारत प्रस्थान गरेको छ।

मन्दीप राईको कप्तानी तथा तेक्वान्दोका प्रशिक्षक श्याम थापामगरको नेतृत्वमा उक्त टोली सहभागी हुने भएको हो। इन्डिया गट ट्यालेन्टमा करिब ३५ वटा टोलीले चुनौती प्रस्तुत गर्ने भएका छन्।

यसअघि मंगलबार काठमाडौं जिल्ला तेक्वान्दो संघले पनि उक्त टोलीलाई बिदाइ गरेको थियो। काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले टोलीलाई बिदाइ गरेका हुन्। संघले सो अवसरमा टोलीलाई प्रोत्साहन स्वरूप २५ हजार रुपैयाँ प्रदान गरेको थियो।