
सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका– १ मा पर्ने गहने खोला र राजमार्गको अर्को ठाउँमा बिहान गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ ।
मंगलबार रातिको अविरल वर्षाको कारण गगने खोलामा पहिरो गएको थियो भने निरन्तर वर्षाको कारण सडकखण्डको अर्को ठाउँमा बिहान पहिरो गएको हो । अहिले लगातार वर्षा भइरहेको र बाटो खुल्न दुई घण्टाजति लाग्ने सडक डिभिजन कार्यालय प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए ।