Skip This
धादिङको बाह्रकिलोमा बस र टिपर ठोक्किँदा पाँचजना घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
Invalid date format १o:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धादिङको बाह्रकिलोमा बस र टिपर ठोक्किँदा पाँचजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१२:oo

धादिङको थाक्रे गाउँपालिका– २, बाह्रकिलाेमा यात्रुवाहक बस र टिपर एक–आपसमा ठोक्किँदा पाँचजना घाइते भएका छन्। भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ००६ ख ४२६० नम्बरको टिपर ठोक्किँदा पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। 

दुर्घटनामा परी घाइते हुनेहरूमा बसचालक रुपन्देहीको बुटवल उपमहानगरपालिका– १३, बेलबासका २७ वर्षीय सन्देश अधिकारी, कञ्चन गाउँपालिका– ४ का ६० वर्षीय आइत बाहारी थारू, गुल्मी दरबार गाउँपालिका– २ का ४० वर्षीय कमल सारु मगर, कपिलवस्तु शिवराज नगरपालिका– ७ का २४ वर्षीय पंकज पाण्डे, नवलपरासी देवचुली नगरपालिका– ५ का ३२ पुनम थसु घाइते भएका छन्। 

टाउकोमा चोट लागेका आइत बाहारी थारूलाई ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको महादेवस्थित थाक्रे पोलिक्लिनिकमा उपचार भइरहेको छ । नुवाकोट बेलकोटगढी नगरपालिका– १२ का २८ वर्षीय प्रविन श्रेष्ठलाई प्रहरीले नियन्त्रमा लिएको प्रहरी नायब उपरीक्षक हमालले बताए।