Skip This
जेन-जी आन्दोलनको एक साताः केपी ओलीसहित केही नेता अझै सेनाको सुरक्षा घेराभित्र
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

जेन-जी आन्दोलनको एक साताः केपी ओलीसहित केही नेता अझै सेनाको सुरक्षा घेराभित्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:३७:oo

जेन-जी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनपछि सत्ताबाट फालिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली एक सातादेखि सेनाकै सुरक्षामा छन्। अन्य नेताहरू सेनाको ब्यारेकबाट फर्किए पनि ओलीसहितका केही नेता अझै सेनाकै सुरक्षा घेराभित्र बसेका छन् । 

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल ब्यारेकबाट फर्किएर मंगलबारदेखि पार्टीका गतिविधिमा संलग्न भएका छन् । प्रचण्ड मंगलबार पार्टी कार्यालय पुगेर सरसफाइमा सहभागी भए भने नेता नेपाल आगजनी भएको आफ्नो कोटेश्वरस्थित निवास पुगेर अवलोकन गरेका थिए। दुवै पूर्वप्रधानमन्त्रीको निवास जलेको छ।    
निवर्तमान प्रधानमन्त्री ओलीको पनि बालकोटस्थित निवास जलेको छ । बस्ने ठाउँ तय नभएका कारण पनि उनी सेनाको ब्यारेकबाट फर्कन नसकेका हुन्।

 जेन-जी आन्दोलनपछिको राजनीतिक परिस्थितिबारे ओली अहिलेसम्म मौन छन्। २४ भदौको आन्दोलन सुरक्षा निकायको काबुबाहिर पुगेपछि उनलाई नेपाली सेनाले बालुवाटारस्थित निवासबाट हेलिकोप्टरबाट उद्धार गरेको थियो । बालुवाटारस्थित प्रधानमन्त्रीनिवासभित्रै छिरेर आन्दोलनकारीले तोडफोड र आगजनी गरेका थिए। 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा भने अस्पतालमा छन् । आन्दोलनकारीले निवासमै उनीहरूलाई कुटपिटसमेत गरेका थिए। दुवैको सेनाले पछि बल्लतल्ल उद्धार गरेको थियो। उनीहरू उपचारमै छन्। 

आन्दोलनकारीले घर जलाउँदा पूर्वप्रधानमन्त्री झलनाथ खनालपत्नी घाइते भएकी थिइन्। खनाल श्रीमतीकै उपचारमा छन्। 

अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको समेत घर आन्दोलनकारीले जलाएका थिए। भट्टराई भने अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहणमै सहभागी भएका थिए। 

सुरक्षा चुनौती कम भए पनि निवासको टुंगो नलागेका कारण केही पूर्वमन्त्रीहरूसमेत ब्यारेकबाट फर्कन नसकेको स्रोत बताउँछ।