Skip This
गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले गर्‍यो ६ निर्णय
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
Invalid date format २o:३१:oo
Read Time : > 1 मिनेट
प्रदेश

गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले गर्‍यो ६ निर्णय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३१:oo

जेन–जीको आन्दोलनपछि उत्पन्न असामान्य स्थितिलाई लिएर गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठक मंगलबार पोखरामा सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले आन्दोलनका कारण उत्पन्न असामान्य स्थिति र त्यसले प्रदेशको शान्ति सुरक्षामा परेको प्रभावका सम्बन्धमा सबै सुरक्षा निकायको ब्रिफिङपछि विस्तृत छलफल गरी विभिन्न ६ वटा निर्णयहरू गरेको छ । 

मुख्यमन्त्री पाण्डेका अनुसार बैठकले आन्दोलनका क्रममा हुन गएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै मृत्यु भएका सबै प्रति श्रद्धाञ्जली र परिवारमा समवेदना, घाइतेहरू शीघ्र स्वास्थ्य लाभको कामना, सुरक्षा निकाय र सुरक्षाकर्मीबाट लुटिएका हतियार हालसम्म फिर्ता नभएका र हतियार फिर्ताका लागि सर्वप्रथम सञ्चार माध्यममार्फत आह्वान गर्ने र समयमा फिर्ता नगर्नेलाई विषयगत अपराधको रुपमा कानून बमोजिम कारबाही प्रक्रियामा लैजाने, आन्दोलनका कारण उत्पन्न भएको असामान्य अवस्था क्रमशः सुधारहुँदै गइरहेको र सो क्रममा भएका सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानून बमोजिम कारवाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन प्रदेशका सबै जिल्ला सुरक्षा समिति र आ–आफ्ना मातहत सुरक्षा निकायलाई निर्देशित गर्ने, शान्ति र अमनचयन कायम गर्न सबै सुरक्षा निकायले सजगताका साथ समन्वयात्मक ढंगले कार्य गर्ने गराउने निर्णय गरेको छ ।

यसैगरी बदलिँदो परिस्थिति र सम्भावित शान्ति सुरक्षा चुनौतीलाई मध्यनजर गरी स्थानीय नागरिक समाज समेतको समन्वय र सहयोगमा सबै सुरक्षा निकायले आपसी सहयोग, सूचना आदानप्रदान, समन्वय र सहकार्य गरी प्रदेशको शान्ति सुरक्षालाई सामान्य बनाई राख्ने, वर्षायाम कायमै रहेकाले सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी सबै जिल्ला विपद् व्यवस्थापन समितिहरू र सुरक्षा निकायले विपद् सुरक्षामा समेत सजगता अपनाएर पूर्वतयारी, प्रतिकार्य गर्ने गराउने, वर्तमान सन्दर्भ समेतलाई दृष्टिगत गरी चाडपर्व लक्षित सुरक्षा योजनामा समेटी सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने गराउने निर्णय बैठकले गरेको छ ।