Skip This
मधेशमा आफ्नै नेतृत्वको सरकारबाट जनमतले फिर्ता लियो समर्थन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १९:३८:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेशमा आफ्नै नेतृत्वको सरकारबाट जनमतले फिर्ता लियो समर्थन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १९:३८:oo

सामाजिक सञ्जालमार्फत राजीनामा दिए पनि लिखित रूपमा राजीनामा दिन आनाकानी गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारबाट आफ्नै पार्टीले समर्थन फिर्ता लिएको छ।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंह गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन्। जेन–जीको आन्दोलनमा समर्थन गर्दै पार्टीले दिएको निर्देशनअनुसार मुख्यमन्त्री सिंहले २४ भदौमा सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिई सोही दिन भारत लागेका थिए।

तर, जेन–जी आन्दोलन रोकिएपछि नेपाल फर्केका उनले आफूले राजीनामा नदिएको भन्दै अभिव्यक्ति दिएपछि पार्टीले उनीमाथि दबाब बढायो। २८ भदौमा जनमत पार्टीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै पार्टीबाट सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएको थियो। त्यसका बाबजुद मुख्यमन्त्री सिंहले लिखित रूपमा राजीनामा नदिएपछि जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले आज मंगलबार मधेश प्रदेश सभा सचिवालयमा पनि सरकारबाट समर्थन फिर्ता लिई मन्त्रीहरूलाई फिर्ता बोलाइएको पत्र दर्ता गराएका छन्।

 

मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत राजीनामा दिए पनि लिखित रूपमा राजीनामा नदिएपछि बाध्य भएर प्रदेश प्रमुख र प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको यादवले बताए। ‘उहाँलाई मुख्यमन्त्री पार्टीले बनाएको हो, तर उहाँ पार्टीकै निर्णयविपरीत गर्न खोज्नुभयो,’ उनले भने, ‘त्यसकारण हामीले यो पत्र दुवै ठाउँमा दर्ता गराएका छौँ। उहाँले नैतिक हिसाबले एक-दुई दिनभित्र राजीनामा दिनुहुन्छ होला।’