Skip This
मकवानपुरमा दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध खैरो हिरोइन र गाँजासहित ३ जना पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
२o८२ भदौ ३१ मंगलबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध खैरो हिरोइन र गाँजासहित ३ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार १७:२१:oo

मकवानपुर प्रहरीले पछिल्ला दुई दिनमा दुई फरक–फरक स्थानबाट लागुऔषध हिरोइन र गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। 

प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ सिक्रेनीबाट ५ ग्राम ३०० मिलिग्राम खैरो हिरोइनसहित सोही स्थानका २५ वर्षीय उमेश लामा र हेटौँडा–१३ बस्ने २९ वर्षीय विनोद गुरुङलाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार पक्राउ परेका उमेश लामाको घरमा लागुऔषध बिक्री-वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले सोमबार राति छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यस्तै, मंगलबार बिहान इलाका प्रहरी कार्यालय भीमफेदी र प्रहरी चौकी भैँसेको संयुक्त टोलीले मकवानपुरको भैँसे चेकपोस्टबाट बा २ ख ३२१९ नम्बरको कन्टेनरमा ल्याइएको १५७ किलो १२० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।
नियमित सवारी जाँचको क्रममा कन्टेनरबाट प्रहरीले कन्टेनरको पछाडिको डिब्बाभित्र लुकाइराखिएको १२ वटा पोकामा उक्त परिमाणको लागुऔषध गाँजा फेला परेको हो ।

प्रहरीले कन्टेनरका चालक सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ का ४१ वर्षीय वीरबहादुर तामाङलाई लिएको छ ।

लागुऔषधसहित कन्टेनर गाडी पनि बरामद गरी चालकलाई नियन्त्रणमा लिई मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छ । प्रहरीका अनुसार दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ।