Skip This
कैलालीमा हट्यो निषेधाज्ञा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
Invalid date format १६:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा हट्यो निषेधाज्ञा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

जेन–जी आन्दोलनका क्रममा उत्पन्न परिस्थितिबिच कैलालीमा स्थानीय प्रशासनले जिल्लाका विभिन्न स्थानमा जारी गरेको निषेधाज्ञा हटाइएको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले हाललाई निषेधाज्ञा हटाइएको जानकारी दिए।

जेन–जी आन्दोलनका क्रममा प्रशासनले जिल्लाभर निषेधाज्ञा र कर्फ्यु जारी गरेको थियो। आन्दोलनकारीले जिल्लाका सबैजसो सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। अहिले स्थिति क्रमशः सामान्य बन्दै गएकाले निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्लाभर बेलुकीदेखि बिहानसम्म लागू भएको कर्फ्यु आदेश यसअघि नै हटाइएको थियो। स्थिति सामान्य बन्दै गएपछि बजारहरू खुलेका छन् भने भन्सार कार्यालय र नाकाहरू पनि सञ्चालन भएका छन्।