
मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक हजार नाै यस रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको हो ।
सोमबार प्रतितोला दुई लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।