मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
२o८२ भदौ ३० सोमबार १८:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुटपाट तथा चोरी भएका सामान फिर्ता गर्न राजस्व अनुसन्धान कार्यालयको अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १८:२२:oo

राजस्व अनुसन्धान कार्यालय बुटवलले लुटपाट तथा चोरी भएका सामान फिर्ता गर्न अनुरोध गरेको छ। सोमबार सार्वजनिक सूचना जारी गर्दै भदौ २४ गते आन्दोलनका क्रममा राजस्व अनुसन्धान कार्यालय बुटवलबाट लुटपाट तथा चोरी भएका सामान फिर्ता गर्न अनुरोध गरेको हो।

कार्यालयका अनुसार कार्यालयमा भएको तोडफोड, आगजनी, चोरी एवं लुटपाटबाट धेरै क्षति भएको छ। कार्यालयबाट सवारीसाधनहरू टिभी, कम्प्युटर सेट, ल्यापटप, फर्निचर, भाँडावर्तनलगायतका सामग्रीहरू तथा अन्य विभिन्न स्थानबाट कपडा, जुत्ता, भेप, सेक्स टोयज्, मदिरा, चिनी, चामललगायत सामानहरू लुटपाट भएको कार्यालयले जनाएको छ।

तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिहरूको फोटो तथा भिडियोहरूमार्फत पहिचान गर्ने कार्य भैरहेको पनि कार्यालयले जनाएको छ। कोही कसैले कार्यालयबाट सामग्री लिएको वा प्राप्त गरेको भए ती सामग्री राजस्व अनुसन्धान कार्यालय बुटवल वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन अनुरोध गरिएको छ। 

अन्यथा कानुनबमोजिम सजाय हुने पनि कार्यालयले स्पष्ट पारेको छ।