मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:o२:oo
Read Time : < 1 मिनेट
समाचार

गृहमन्त्रीमा ओमप्रकाश अर्याल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:o२:oo

गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त हुने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्याललाई गृह, कानुन मन्त्रालय दिने सहमति जुटेको स्रोत बताउँछ । 
काठमाडौं महानगरपालिका मेयर बालेन शाहका निकट उनी कानुन व्यवसायी हुन् । काठमाडौं महानगरपालिकामा कानुनी सल्लाहकारका रूपमा कार्यरत उनी वर्तमान सरकार गठनमा पनि सुरुदेखि नै सक्रिय थिए। 

आइतबार भएको छलफलमा तीन मन्त्रीको टुंगो लागेको हो । अर्थमा रामेश्वर खनाल, ऊर्जामा कुलमान घिसिङलाई नियुक्ति गर्ने सहमति भएको छ । एक मन्त्रीलाई दुई–तीन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उनीहरूको शपथ सोमबार हुने तय भएको छ । 

मन्त्रिमण्डलमा उपप्रधानमन्त्री कसैलाई नदिइने भएको छ ।