मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
Invalid date format २१:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

जेन–जीको प्रदर्शन भड्काउने गरी स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ

विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o२:oo

जेन–जीको आन्दोलन भड्काउने, उग्र बनाउनेसँगै घृणा फैलाउने खालका फेसबुक स्टाटस लेखेको आरोपमा पर्वतका एक वडाध्यक्ष पक्राउ परेका छन् ।

पर्वतको फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारी रहेकाे जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार प्रहरीले वडा कार्यालयको आफ्नौ कार्यकक्षबाट तिवारीलाई आइतबार पक्राउ गरेको हो। तिवारीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरिएको र सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने सापकोटाले जानकारी दिए।

पक्राउ परेका तिवारीले २४ भदौमा फेसबुकमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टको नाम नै लेखेर प्रदर्शनलाई भड्काउने गरी स्टाटस लेखेका कारण पक्राउ गरेको सूचना अधिकारी सापकोटाले जानकारी दिए।

प्रहरी प्रमुखकै नाम लेखेर प्रदर्शनलाई भड्काउने, उग्र बनाउनेसँगै घृणा फैलाउन गरी सामाजिक सञ्जालमा लेखेका कारण तिवारीलाई पक्राउ गरेको उनले बताए। नेपाली कांग्रेसबाट निर्वाचित तिवारी नगरपालिकाका प्रवक्तासमेत हुन्। 

यस्तो लेखेका थिए तिवारीले स्टाटस

पक्राउ परेका वडाअध्यक्ष तिवारीले फेसबुकमा ‘फलेवासका वालुवा तस्करहरू, तस्करका संरक्षकहरू र कारवाही गरिपाँउ भनि पत्र बुझाउन जाँदा नबुझ्ने डिएसपी रविन विष्टलगायत केही भष्ट्र नेता तथा केही भष्ट्र कर्मचारी यी भष्ट्रचारीलाई समेत जेन–जीले कारबाही गरिदिन्छ की भन्ने आशा गरेको छु, प्रहरीले कारबाही नगर्ने भएपछि ? प्रहरी दुर्गाबहादुर महतले गरेको सहयोगको प्रंससा पनि गर्छु (सबै प्रहरी तस्करको संरक्षक हुँदैनन उहाँ उदाहरणीय हुनुहुँरहेछ) ।’