मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
Invalid date format o९:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाजरकोट सदरमुकाममा सेना परिचालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५५:oo

जाजरकोट सदरमुकाम खलंगामा नेपाली सेनाले बाक्लो गस्ती सुरु गरेको छ। मंगलबार भएको जेन–जी आन्दोलनका क्रममा देशभर भौतिक संरचनामा भएको क्षति र बढ्दो असुरक्षालाई मध्यनजर गर्दै सेना परिचालन भएको हो । मंगलबार राति १० बजेदेखि सेनासहितका सुरक्षा निकाय परिचालित भएका हुन्।

यतिवेला नेपाली सेनाले सहर, गल्ली र सडकमा निस्किएका सर्वसाधारणलाई विनाकाम बाहिर ननिस्कन आग्रह गर्दै घर फर्काइरहेको छ। आकस्मिक सेवामा संलग्नलाई भने सोधपुछ र परिचयपत्रका आधारमा मात्र हिँडडुलको अनुमति दिइएको छ। 

राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिँदै जाजरकोट सदरमुकाममा समेत नेपाली सेनाले गस्तीलाई तीव्रता दिएको निमित्त प्रमुख जिल्ला अधिकारी दीपेन्द्रबहादुर शाहीले बताए । अहिले सदरमुकाम सुनसान देखिन्छ, फाट्टफुट्ट नागरिकबाहेक आममानिस घरमै सीमित छन्। जिल्लास्थित सरकारी कार्यालयहरूले भने कुनै सार्वजनिक बिदा दिएका छैनन् ।