
पूर्वराजा ज्ञानेन्द्र शाहले जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। मंगलबार जारी विज्ञप्तिमा उनले युवा पुस्ताले देश र समाजका लागि सकारात्मक परिवर्तन गर्ने अभिप्रायले पोखेको आक्रोशलाई आमचासोको विषय भएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्तै दुःखद र निन्दनीय कार्य हो। यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यताविपरीत छ ।’