मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २४ मंगलबार १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सांसद राजेन्द्र बजगाईंले त्यागे सांसद पद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १४:o१:oo

सांसद राजेन्द्र बजगाईंले सांसद पद त्यागेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले सांसद पद त्यागेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘मैले सांसद पद त्याग्ने घोषणा गरिसकेको छु। यति धेरै नौजवानहरू यसरी मारिँदा म केही भन्न सक्ने स्थितिमा छैन। यो देश र युवाहरू साँच्चिकै प्यारा लाग्छन्, यो सांसद पदभन्दा पनि बढी। मैले संसदमै बसेर देशलाई राष्ट्र बनाउने उपायहरू प्रस्तुत गरेँ। मैले भ्रष्टाचारी मन्त्रीहरूविरुद्ध निरन्तर बोलिरहेँ। मैले आफ्नै पार्टीको महाधिवेशनका प्रतिनिधिहरूको विवेक पनि देखेँ। तर, म निरन्तर बोलिरहँदा पनि सुन्ने कोही भएन। त्यसैले मैले विद्रोहको बाटो रोजेको छु। मैले संसद् सदस्य पदबाट राजीनामा दिने निर्णय पनि गरिसकेको छु। भोलि शेखर कोइराला स्वदेश फर्केपछि, थप जानकारी गराउनेछु।’