मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २४ मंगलबार १३:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जाल बन्दविरुद्धको रिट दर्ता गरी भोलि पेसी राख्ने आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १३:५३:oo

सर्वोच्च अदालतले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा दर्ता गर्न आदेश दिएको छ। यसअघि सर्वोच्च प्रशासनले १० वटा रिट पेस भएकामा सबै रिट दरपीठ गरिदिएकाे थियाे।

‘नेपालभर २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने गरी जारी भएको सूचनाको कानुनी एवं संवैधानिक परीक्षण यस अदालतबाट भएका पूर्वआदेश एवं संवैधानिक व्यवस्थाको आलोकमा इजलासबाट व्याख्या र विवेचना हुनुपर्ने प्रकृतिको देखिएको अवस्थामा यस अदालतका रजिस्ट्रारबाट २०८२/०५/२२ गते जारी भएको दरपीठ आदेश बदर गरिदिए‌को छ,’ आदेशमा भनिएको छ।

निवेदकहरूले उठाए‌को विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै रिट निवेदनहरू आजै दर्ता गरी भोलि भदौ २५ गतेको पेसी चढाउन भनेको छ।