
काठमाडौं महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण अस्पतालमा उपचार, खाना तथा अन्य आवश्यक व्यवस्था मिलाउने भएको छ। सिभिल अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, टिचिङ अस्पताल र केएमसी सिनामंगलमा महानगरको व्यवस्थापन टोली, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी खटिएको जनाइएको छ।
साथै, अन्य स्थानमा सहजीकरणका लागि सेन्ट्रल टोली पनि खटिएकाे महानगरले जनाएकाे छ ।