
जेन–जी आन्दोलन र शोकको कारण नवलपुरका सबै शैक्षिक संस्था आज बन्द गरिएको छ । प्याब्सन नवलपुर, नेपाल शिक्षक महासंघ नवलपुर, सम्बन्धित क्याम्पस तथा स्थानीय तहहरूले छुट्टाछुट्टै सूचना जारी गरी नवलपुरमा शैक्षिक संस्था बन्द गरिएको हो ।
जेन–जीकाे प्रदर्शन हिंसात्मक बन्दै गएपछि यहाँ शैक्षिक संस्थाहरू बन्द गरिएका हुन् । नवलपुरमा भने अहिलेसम्मको प्रदर्शन शान्तिपूर्ण रहेको छ ।