
सरकारले दमन गरेपछि उग्र बनेका प्रदर्शनकारीले सुन्धाराको प्रहरी बिटमा आगजनी गरेका छन्।
आगजनीपछि सुन्धारा क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन्। न्युरोड क्षेत्र सुनसान बनेको छ।
भ्रष्टाचार बन्द गर्नुको साटो सामाजिक संजाल बन्द गरेको भन्दै जेन्जी पुस्ताले प्रदर्शन सुरु गरेका थिए। सुरक्षा निकायले बल प्रयोग गरेपछि प्रदर्शनकारी उग्र बनेका हुन्।