Skip This
रूपन्देहीमा कर्फ्यु आदेश जारी, कांग्रेस पार्टी कार्यालय र पूर्वगृहमन्त्री खाणको घरमा तोडफोड 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Tuesday, 09 September, 2025
दीपेश पछाई रुपन्देही
२o८२ भदौ २३ सोमबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रूपन्देहीमा कर्फ्यु आदेश जारी, कांग्रेस पार्टी कार्यालय र पूर्वगृहमन्त्री खाणको घरमा तोडफोड 

Read Time : < 1 मिनेट
दीपेश पछाई, रुपन्देही
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १८:o५:oo

जेन जी प्रर्दशन रुपन्देहीमा क्रमिक रुपमा उग्र हुदै जान थाले पछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू  आदेश जारी गरेको छ । रुपन्देहीका  प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले कर्फ्यू  आदेश जारी गरेका हुन् ।

प्रशासनले जारी गरेको कर्फ्यू आदेशमा भनिएको छ, ‘मिति २०८२–०५–२३ गते अपरान्ह ४ः०० बजेदेखि मिति २०८२–०५–२३ गते रातीको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम रुपन्देही जिल्लाको बुटवलदेखि भैरहवा क्षेत्रभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू  आदेश जारी गरिएको छ ।’

प्रशासनले बुटवल क्षेत्रमा पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म कर्फ्यू आदेश जारी गरेको छ । यस्तै, भैरहवा क्षेत्रमा पूर्वमा रोहिणी खोला पुलसम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडीहवासम्म कफ्र्यू आदेश जारी गरेको छ ।

यस्तै, बुटवल–बेलहिया सडक खण्डको दयाँबाँया १०० मिटरसम्म पनि कर्फ्यू आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । यस अघी जेनजी समुहले नेपाली काग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालय तोडफोड गरेका थिए । सो क्रममा पार्टी कार्यालय परिषरमा रहेका चार वटा कार , केही मोटरसाईकल र स्कुटी समेत टोडफोड गरेको नेपाली काग्रेस रुपन्देहीले जनाएको छ ।

प्रर्दशनकारीहरुले पार्टी कार्यालयको सम्पुर्ण झयालका सिसाहरु फोडेको थियो । त्यसैगरी तिलोतमा नगरपालीका वडानं ८ चार नम्बरमा रहेको पुर्व गृहमन्त्री बालकृण खांण्डको घर पनि तोडफोड गरेका छन् । सो समुहले खौडको घरको गेट , कम्पाण्ड र गमलाहरुमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।