
भ्रष्टाचारविरुद्ध उत्रिएका जेन–जी पुस्ताका युवाले निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गर्ने प्रयास गरेका छन्। संसद् भवनको मुख्य गेटमा पुगेमा उनीहरूले नाराबाजी गरिरहेका छन्। केही युवा भित्र समेत प्रवेश गरेकोमा उनीहरूलाई प्रहरीले बाहिर निकालेको छ।
प्रहरीसँग उनीहरूको धकेलाधकेल भइरहेको छ। भिड नियन्त्रण गर्न अश्रुग्याससमेत प्रहार गरिएको छ ।
संसद् भवन प्रवेशको प्रयासपछि बानेश्वरमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ।