
जेन–जीको प्रदर्शन नियन्त्रणबाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।
प्रदर्शनकारीहरू निशेधित क्षेत्र तोड्दै संसद् भवनभित्र घुसेसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।