मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 08 September, 2025
Invalid date format १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोलबजारबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४४:oo

सिराहाको गोलबजारबाट १६ ग्रामभन्दा बढी प्रतिबन्धित लागुपदार्थ ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । 
विशेष सूचनाको आधारमा प्रहरीले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत गोलबजार नगरपालिका– ३ गागनखोलानजिकबाट प्लास्टिकबाहेक १६ ग्राम एक सय मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थसहित शुक्रबार साँझ दुईजनालाई पक्राउ गरेको हो ।

स.७प २५९५ नम्बरको मोटरसाइकलमा सवार गोलबजार नगरपालिका– १, बलडाँडा गाउँका २२ वर्षीय दीपकुमार यादव र नरहा गाउँपालिका– ५ का ३० वर्षीय इन्द्रजितकुमार यादवलाई ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गोलबजारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक उदयकुमार दास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयका प्रहरी सहायक निरीक्षक हरिशचन्द्र मुखियाको कमान्डमा खटिएको संयुक्त टोलीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको अवस्थामा शंका लागी रोकेर चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि दुवैजनालाई पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीले रोकेर शरीर खानतलासी गर्दा मोटरसाइकलचालक दीपकुमारले लगाएको सर्टको गोजीमा दुईवटा स–साना प्लास्टिकको पोका बनाएर राखेको ब्राउनसुगर बरामद भएको जिल्ला प्रही कार्यालय सिराहाले जनाएको छ । 

बरामद भएको ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ प्लास्टिकबाहेक १६ ग्राम एक सय मिलिग्राम रहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

पक्राउ गरिएका दुवैजनालाई मोटरसाइकलसहित गोलबजार प्रहरीमा राखिएको र आइतबार सिराहा जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी खी थप अनुसन्धान गरिने उनले बताए ।