मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २२ आइतबार o९:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

समृद्धि इन्डो–नेपाल टिम च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार o९:१७:oo

नेपालको समृद्धि स्कुल इन्डो–नेपाल कराँते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजक समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको हो ।

बनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेलपरिसरमा भएको प्रतियोगितामा भारत १० स्वर्णका साथ दोस्रो भएको प्रतियोगिता संयोजक रवि शाहीले बताएका छन् । कुमुतेको पुरुषमा समृद्धिका सविर श्रेष्ठ डंगोल तथा महिलामा मनमैजुकी सपना गिरी उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

कातामा वेदांग स्कुलकी अन्भी शाही उत्कृष्ट खेलाडी चुनिइन् । अन्भीले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् । प्रशिक्षकमा वेदांगका डम्बरबहादुर आले तथा निर्णायकमा सुवास कार्की उत्कृष्ट ठहरिए ।

विजेतालाई नेपाल कराँते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराँते संघका अध्यक्ष हरिशरण केसीले एक कार्यक्रमबिच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताअन्तर्गत काता र कुमुतेमा गरी ४५ स्पर्धामा दुई सय ८३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।