मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
Invalid date format १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी जयन्तीको अवसरमा कांग्रेस महामन्त्री गगन थापा हेटौँडा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी भदौ २४ गते हेटौंडा आउने भएका छन् । कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर–१ ‘ख’ ले ११२औँ बिपी कोइराला जन्मजयन्तीको अवसरमा आयोजना गर्न लागेको विशेष भेलालाई सम्बोधन गर्न थापा हेटौँडा आउन लागेका हुन् ।

प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ का सभापति राजेश बानियाँका अनुसार उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ पनि सहभागी हुनेछन्। उनका अनुसार जिल्लाभरिबाट करिब दुई हजार कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहने अनुमान गरिएको छ ।

कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले कार्यक्रम नीतिगत नभई सन्देशमूलक हुने बताए । उनका अनुसार महामन्त्री थापाले पार्टीका समसामयिक विषय, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सन्दर्भ, कार्यसम्पादन समितिको कार्यगत एजेन्डा लगायतका विषयमा जानकारी दिनेछन् । 

साथै, पार्टीका विधि–विधान र संगठनात्मक प्रक्रियाबारे जिल्ला नेतृत्व, कार्यकर्ता तथा जनप्रतिनिधिलाई मार्गनिर्देशन दिने कार्यतालिका तय भएको सभापति लामाले बताए ।