
काठमाडौंको गोठाटारमा शनिबार भएको दुर्घटनामा महिलाको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा पहेलो
पुलबाट जम्बुडाँडा तर्फ जाँदै गरेको बा.५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौं चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरा देवी दानीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जोरपाटीस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा
लिएर सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।