मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
Invalid date format १३:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इटहरी अख्तियारमा गत आर्थिक वर्षमा एक हजार ७८३ वटा उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२८:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा गत आर्थिक वर्षमा एक हजार ७८३ वटा उजुरी परेको छ। आयोगले धनकुटाका आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा तथ्यांक सार्वजनिक गरेको हो ।

आयोगले दिएको जानकारीअनुसार संघीय मामिलासम्बन्धी ८१५ वटा, शिक्षासम्बन्धी ३६५ वटा, भूमि सुधारसम्बन्धी ११३ वटा, वनसम्बन्धी ९२ वटा, भौतिक सुधारसम्बन्धी ९३ वटा र अन्य ३०५ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । तीमध्ये अघिल्लो आर्थिक वर्ष ०८०/८१ बाट ५५३ वटा जिम्मेवारी सरेर आएका थिए । 

गत वर्ष र अघिल्लो आर्थिक वर्षबाट दायित्व सरेर आएका एक हजार ९३८ वटा उजुरी फर्स्याेट भएका छन् भने ३९८ वटा फर्स्याेट हुन बाँकी रहेको आयोगका कार्यालय प्रमुख खगेन्द्रप्रसाद रिजालले बताए । उक्त भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले उजुरी परे पनि कारबाही नभएको, सानालाई कारबाही गरे पनि ठुलाहरूलाई संरक्षण गर्ने गरिएको आरोप आयोगलाई लगाएका थिए । साथै अख्तियारमा परेका उजुरीको आधारमा निष्पक्ष रूपमा छानबिन गरी कारबाही गर्न आयोगलाई सुझावसमेत दिएका थिए । 

सो अवसरमा अख्तियार कार्यालयका प्रमुख रिजालले सार्वजनिक निकायमा हुने आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारको काममा सहयोग गर्न आग्रह गरे । अन्तर्क्रिया कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आयोगको कामलाई निष्पक्ष, पारदर्शी र विश्वासनीय बनाउन आवश्यक रहेको औँल्याए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मीहरूलगायतको सहभागिता रहेको थियो ।