मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘लाखौँ नेपालीको रोजगारी, व्यवसाय र उद्यमीलता सामाजिक सञ्जालमा गाँसिएको छ, त्यसै बन्द गर्न हुँदैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:२२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले सरकार धम्की दिएर हतारमा सामाजिक सञ्जाल बन्द गर्न लागेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै सांसद चौधरीले नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत नाघिसकेको र लाखौँ नेपालीको रोजगार, व्यवसाय र उद्यमशीलता सामाजिक सञ्जाल डिजिटल प्लाटफर्मसँग गाँसिएकाले जनहितविपरीत त्यस्तो निर्णय नगर्न उनले सरकारसँग आग्रह गरे । 

सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा कसैको पनि असहमति नरहेको भन्दै उनले सर्वाेच्च अदालतले दिएको परमादेशलाई सरकारले अक्षरशः पालना गर्नुपर्नेमा बन्द गर्नतिर लागेको आरोप लगाए ।

कूटनीतिक वार्ता,कानुनी प्रवर्द्धन र दीर्घकालीन रणनीति अपनाउनुको सट्टा बन्द गरिदिने धम्की दिएर  सरकार संयमहीन भएको उल्लेख गरे ।