मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
Invalid date format o९:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुहार र टाउकोमा चोट लागेको अवस्थामा राजमार्गछेउमा महिलाको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१o:oo

पाल्पाको रम्भा गाउँपालिका– ३ स्थित सीता पहाडनजिकै एक महिलाको बेवारिसे शव फेला परेको छ। सिद्धार्थ राजमार्गछेउको खोल्सामा घोप्टो परेको अवस्थामा शव रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले बताए।

बुधबार दिउँसो बोलेरोचालकले सडकछेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको प्रकृति हेर्दा अन्दाजी ३० देखि ३५ वर्ष उमेर र मधेशी मूलको हुन सक्ने अनुमान गरिएको छ । उनको अनुहार र टाउकोमा चोट लागेको देखिएको छ। घटनास्थल र शवको प्रकृति हेर्दा हत्या गरी फालिएको हुन सक्ने आशंका छ ।

अहिले पनि प्रहरी निरीक्षकको टोलीले घटनास्थलमा रहेर अनुसन्धानको काम गरिरहेको छ। महिलाको पहिरन निलो कुर्ता सलवार छ । प्रहरीले शवको पहिचानका लागि प्रयास गरिरहेको छ। घटनास्थल हेर्दा दुर्घटना भएको नदेखिनु र महिलाको शव राजमार्गछेउमा हुनुले घटना रहस्यमय भएको बुझिन्छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवन भट्टराईले घटनाको अनुसन्धान भइरहेको बताए।  

छुटाउनुभयो की ?