मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
प्रकाश पौडेल बर्दिया
२o८२ भदौ १७ मंगलबार १o:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गेरुवामा बिग बोल्डर (ठुला ढुंगा)बाट तटबन्ध निर्माण गरिँदै  

Read Time : < 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
२o८२ भदौ १७ मंगलबार १o:५o:oo

कर्णाली नदीको बहावले  गेरुवा गाउँपालिका– २, बनघुस्रामा तटबन्ध भत्किएको स्थानमा बिग बोल्डर (ठुला ढुंगा)को प्रयोग गरी तटबन्ध निर्माण थालिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरले तटबन्ध भत्किएको स्थानमा बिग बोल्डर (ठुला ढुंगा)ले तटबन्ध निर्माण थालिएको जनाएकाे छ ।

सोमबार स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी दिनभर काम गरेको स्थानमा आज आयोजना बिग बोल्डर (ठुला ढुंगा) प्रयोग गरी कटान रोक्ने काम थालिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मोक्तानले बताए ।

उनले भने, ‘नदीले कटान गरेको ठाउँमा आपतकालीन तटबन्ध निर्माणका लागि कैलालीबाट बिग बोल्डर (ठुला ढुंगा) ल्याइएको छ । बिग बोल्डर पर्याप्त मात्रामा पाइए दुई/तीन दिनमा कटान भएको ठाउँमा बचाउन सकिन्छ ।’ 

कर्णाली नदीमा पानीको सतह बढेसँगै वनघुस्रा कटान भएको ठाउँमा रोकथाम गर्न नसकेमा गेरुवा गाउँपालिका २ र ३ वडाका बनघुस्रा, बनकट्टी, सनकट्टी, हिमालीपुर मुगहवा टिकुलीगढ, लोहारपुर र  राजापुर नगरपालिका १ को दौलतपुर जोखिममा रहेको छ ।

छुटाउनुभयो की ?