
मञ्जुश्री फाइनान्सको केन्द्रीय कार्यालय थापाथलीमा स्थानान्तरण भएको छ । केन्द्रीय कार्यालय भवन संस्थाका अध्यक्ष सुमनप्रसाद अधिकारीले उद्घाटन गरेका छन् ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले ग्राहकको साथ, विश्वास र मायाले निरन्तर अघि बढिरहेको फाइनान्सले आगामी दिनमा अझ परिष्कृत र उत्कृष्ट सेवा दिने बताए ।
नयाँ बानेश्वरस्थित साबिकको शाखा कार्यालयलाई यथावत् राख्दै हाललाई संस्थाको कर्पोरेट अफिस स्थानान्तरण भएको हो । फाइनान्सले २३.५ अर्ब निक्षेप संकलन गरी करिब १९ अर्ब कर्जा परिचालन गरेको छ ।