मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format o७:३१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाढीले कञ्चनपुरमा ५७ परिवार विस्थापित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format o७:३१:oo

बाढीले कञ्चनपुरका दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा गरी ५७ परिवार विस्थापित भएका छन् । जगबुढा नदीले दोधाराचाँदनी नगरपालिकाको पटराखल्लामा बाँध कटान गरेपछि बाढी बस्ती पस्दा ५२ र भुजेला खोला बस्ती पस्दा भीमदत्त नगरपालिका– ११ चौकीसाता भुजेलाका पाँच परिवार सोमबार स्थापित भएका हुन् । पहाडसँगै चुरे क्षेत्रमा लगातार वर्षा हुँदा यस क्षेत्रमा बाढी आएको हो ।

कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराले विस्थापित परिवारलाई नजिकका विद्यालयमा सारिएको र पानीको बहाव घटेपछि घर पठाइने बताए । बोहराका अनुसार जगबुढा नदीको बाढीले घर डुबान हुँदा दोधाराचाँदनी नगरपालिका– ३, पटराखल्लाका १२ परिवारका ५५ जना, वडा नम्बर ८ रामपुरे टापुका २५ परिवारका ७० जना र वडा नम्बर १० शान्तिटोलका १५ घरपरिवारका ५५ जना गरी १८० जना विस्थापित भएका छन् । 

‘घर, गोठ जलमग्न भएर बस्नै नसकिने भएपछि  उद्धार गरेर नजिकैको विद्यालयमा सुरक्षित स्थानमा सारिएको छ,’ प्रवक्ता बोहराले भने, ‘यसपटकको वर्षाले जिल्लाको पश्चिम भूगोलमा बढी असर पुर्‍याएको छ ।’ गत वर्षको बाढीले पनि पटराखल्ला, सुन्दरनगर, शान्तिटोल, रामपुरे टापुका बासिन्दा विस्थापित भएका थिए । दोधाराचाँदनीका मेयर किशोरकुमार लिम्बूले जगबुढा नदीमा तटबन्ध नहुँदा हरेक वर्ष बाढी आउने गरेको बताए । ‘बस्ती हिचो क्षेत्रमा छ, नदीमा बाढी आउनेबित्तिकै बस्तीमा पस्छ,’ उनले भने, ‘विस्थापित परिवारलाई खानबस्न प्रबन्ध गरेका छौँ ।’ 

छुटाउनुभयो की ?