मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
Invalid date format १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीको खुटिया नदीमा डुबेर चार किशोरको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

कैलालीको गोदावरी नगरपालिका–९, सेहरीस्थित खुटिया नदीमा डुबेर चारजना किशोरको मृत्यु भएको छ। नुहाउने क्रममा बेपत्ता भएका उनीहरूको केहीबेरअघि शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

स्थानीय १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय सक्षम जोशी, जादेज भण्डारी र १७ वर्षकै प्रतीक चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताए।

प्रहरीका अनुसार सातजना किशोर दिउँसोसँगै नदीमा नुहाउन गएका थिए।