
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको संसदबाट योभन्दा स्थिर र शक्तिशाली सरकार बन्नै नसक्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो दाबी गरेका हुन्।
‘दुईवटा शक्तिशाली पार्टीको सरकार छ। अहिलेको पार्लियामेन्टबाट योभन्दा शक्तिशाली अर्को कुनै सरकार बन्नै सक्दैन। स्थिरताको कुरा गर्ने हो भने ०८४ भित्र योभन्दा अर्को कुनै स्थिर सरकारको परिकल्पना गर्न सकिँदैन,’ उनले भने।
योजना निर्माण र विनियोजनमा गम्भीर समस्या रहेको स्विकार्दै अर्थमन्त्री पौडेलले ती समस्या समाधानका लागि पर्याप्त प्रयास नभएको बताए।
उनले भने, ‘योजना र विनियोजनलाई जोड्ने, योजनालाई आवश्यकतासँग जोड्ने, योजनालाई प्राथमिकता र स्रोत व्यवस्थापनसँग जोड्ने बजेट निर्माणको सन्दर्भमा खासगरी विनियोजनको पाटोमा अत्यन्त्यै महत्त्वपूर्ण प्रश्न हो।’