मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १३:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आमसञ्चार विधेयक फिर्ताको माग गर्दै संखुवासभाका पत्रकार

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १३:४४:oo

कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकविरुद्ध बिहीबार जिल्ला प्रशासन कार्यालय संखुवासभामा संखुवासभाका पत्रकारहरूले धर्ना दिएका छन् ।  

प्रदेश सरकारले ल्याएको विधेयकमा सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने, सामग्री रोक्ने, पत्रकारमाथि जरिवाना लगाउनेजस्ता प्रावधानहरू  सच्याउनुपर्ने माग राख्दै पत्रकारले विरोध जनाउँदै आएका छन्।

संखुवासभाका पत्रकारले प्रेस स्वतन्त्रता जिन्दावाद, प्रेस स्वतन्त्रताविराेधी प्रावधान फिर्ता गरलगायतकाे प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

 प्रदेश सभामा ‘आमसञ्चार विधेयक’ पेस भएलगत्तै व्यापक बहस सुरु भएको छ । विधेयकमा पत्रकारितामाथि अंकुश लगाउने प्रावधान रहेको भन्दै नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकार संगठनहरूले तीव्र विरोध जनाइरहेका छन् । केही दिन अगाडिदेखि पत्रकार महासंघले निरन्तर विराेध र आन्दाेलन गर्दै आएकाे छ ।