मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ११ बुधबार १७:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, उपाधि होडबाट बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १७:o९:oo

नेपाल साफ महिला यू–१७ च्याम्पियनसिपमा बंगलादेशसँग लगातार दोस्रोपटक पराजित भएको छ।

बुधबार भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा सम्पन्न दोस्रो लेगमा नेपाल ४–१ ले पराजित भयो। पहिलो लेगमा पनि नेपाल ३–० ले पराजित भएको थियो।

जितसँगै चार खेलमा ९ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ। पराजित नेपाल समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ। यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ।

बंगलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा थुनुए मार्माले एक गोल थपिन्। नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काएकी थिइन्।