
सन् १९७९ : ब्रिटिस इन्डियाका अन्तिम भायसरोय तथा ब्रिटिस महारानी एलिजावेथ द्वितीयको नातेदार लर्ड माउन्टबेटनलाई आयरन्यान्डमा भ्रमण गर्न गएका वेला सो भागलाई बेलायतबाट अलग गर्नुपर्ने माग राखेर लडिरहेका ‘आइरिस रिपब्लिकन आर्मी (आइआरए)’ले हत्या गरिदिए ।
सन् १८२८ : ‘मोन्टेभिडियो सन्धि’अनुरूप उरुग्वे छिमेकी ब्राजिल र अर्जेन्टिना दुवैको प्रभावबाट मुक्त हुँदै स्वतन्त्र मुलुक बन्यो ।
सन् १८९६ : विश्वको सबैभन्दा छोटो युद्ध बेलायत र जन्जिबार (हालको तान्जानिया)बिच ३८ मिनेट चलेर सकियो ।
सन् १९५५ : नोरिस म्याकविर्टर र रोस म्याकविर्टरले ‘गिनिज बुक अफ वर्ड’ पहिलो संस्करण प्रकाशित गरे ।
सन् १९८५ : नाइजेरियामा जनरल इब्राहिम बाबानगिडाले कूमार्फत नै राष्ट्रपति बनेका जनरल मुहमदु बुहारीको सरकारलाई कुमार्फत अपदस्थ गरिदिए ।
सन् १९९१ : माल्दोभाको क्षेत्रीय संसद्ले सोभियत संघबाट अलग भएको घोषणा गर्यो ।
सन् २००३ : मंगल ग्रह ६० हजार वर्षपछि पृथ्वीको सबैभन्दा नजिक यसै दिन आइपुगेको थियो । औसतमा पृथ्वीबाट २२.५ करोड किमि टाटा रहने मंगल ग्रह यस दिन पाँच करोड ५७.६ लाख किमिको दूरीमा आइपुगेको थियो ।
सन् २०१२ : अन्तरिक्ष रोभर ‘क्युरोसिटी’ले पृथ्वीबाट रेकर्ड गरी लगेको अडियो सन्देश मंगलग्रहबाट सफलतापूर्वक पृथ्वीसम्म पठायो ।
सन् २०२० : न्युजिल्यान्डको एक अदालतले अघिल्लो वर्ष मार्च १५ मा क्राइस्टचर्च सहरस्थिति एक मस्जिदमा आक्रमण गरेर ५१ जनाको हत्या गर्ने आतंकवादी ब्रेटन ट्यरोन्टलाई देशको सबैभन्दा कठोर सजाय, अर्थात् माफी गर्न नमिल्ने गरी जन्मकैदको सजाय सुनायो ।