मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ११ बुधबार o९:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ओप्पोको ‘फाइन्ड एन–५’  नेपालमा सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार o९:१२:oo

स्मार्ट डिभाइस ब्रान्ड ओप्पोले नेपालमा आफ्नो फ्ल्यागसिप फोल्डेबल स्मार्ट फोन ‘ओप्पो फाइन्ड एन–५’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो फोनमा ८.१२ इन्चको इनर डिस्प्ले छ, जुन यस श्रेणीकै सबैभन्दा ठुलो हो ।

त्यस्तै, ५६ सय एमएएच सिलिकन–कार्बन ब्याट्री छ, जसले फोल्डेबलमा अहिलेसम्मकै लामो ब्याट्री लाइफ दिने कम्पनीले जनाएको छ । ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध रहेको बताइएको छ । स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्ममा आधारित यसले प्रयोगकर्तालाई उत्कृष्ट पर्फमेन्स अनुभव दिन्छ ।

कम्पनीका अनुसार यो पहिलो फोल्डेबल हो, जसले आइपिएक्स–९ वाटर रेजिस्ट्यान्स प्राप्त गरेको छ । यसलाई अझ मजबुत बनाउन टाइटेनियम फ्लेक्सन हिंज प्रयोग गरिएको छ, जसले उच्चस्तरको मजबुती सुनिश्चित गर्नेछ । त्यसैगरी, पहिलोपटक ह्यासलब्लाड मास्टर क्यामरा सिस्टम राखिएको छ, जसले प्रो–लेभल फोटोग्राफी र सिनेम्याटिक भिडियो सम्भव बनाउने कम्पनीको दाबी छ ।

कलरओएस १५ मा आधारित यसमा कुल समरी, डुअल–स्क्रिन इन्टरप्रिटर, एडिटिङ टुल्स र म्याक तथा आइओएस डिभाइससँग सिमलेस कनेक्टिभिटीजस्ता फिचर छन् । १६ जिबी र्‍यामसहित ५१२ जिबी स्टोरेज भर्सनमा उपलब्ध हुने यसको मूल्य भने दुई लाख ४९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । शून्य प्रतिशत किस्ताबन्दी योजनासहित बिक्री सुरु भएको कम्पनीले जनाएको छ ।