मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
२o८२ भदौ ११ बुधबार o९:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार o९:o५:oo

नवलपुरको देवचुली नगरपालिका– ६, टोक्रे खोला पुलमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । देवचुलीको कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु.१स ९०९४ नम्बरको सामान बोक्ने अटो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार सामान बोक्ने (पछाडि ढाला भएको) अटो चालकले नियन्त्रण गुमाउँदा बाटोबाट तल खसी दुर्घटना भएको हो।

दुर्घटनामा परी अटोमा सवार भारतको मोतीहारीनिवासी ३५ वर्षीय रिजुवान खातुनको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । अटोमा सवार १२ जनामध्ये बाँकी ११ जना सबै घाइते रहेको प्रहरीले जनाएको छ। घाइते सबै भारतीय नागरिक हुन् । घाइते ११ जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने नौजनाको अवस्था मध्यम र एकजनाको अवस्था सामान्य रहेको छ। दुर्घटनामा परी भारतकै मोतीहारीनिवासी ३५ वर्षीया सवना खातुन गम्भीर घाइते भएकी छिन्।

त्यसैगरी, सोही ठाउँका १८ वर्षीया रजिया खातुन, ४२ वर्षीया मोहम्त रजा, १५ वर्षीया मेहक इस्तियाक, १८ वर्षीया मौजमा इमाम घाइते भएका छन् । त्यसैगरी सोही ठाउँका १२ वर्षीया जोया इस्तियाक, ११ वर्षीय निजामुदिन हुसेन, १४ वर्षीया सावा खातुन, १२ वर्षीय उमर रजा, १६ वर्षीया कुलसुम वान घाइते भएका छन् । घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनीहरू भारतबाट नवलपुरमा आफन्तको विवाहमा आएको र सोही क्रममा नवलपुरका पहाडी क्षेत्र घुम्न गएको खुल्न आएको नवलपुर प्रहरीले जनाएको छ।