मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
सियोल
२o८२ भदौ ११ बुधबार o७:२६:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जब ट्रम्पले बारम्बार किमको प्रशंसा गरे...

Read Time : < 1 मिनेट
सियोल
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार o७:२६:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबिच सोमबार ह्वाइट हाउसमा भएको भेटघाटमा ट्रम्पले किम जोङ उनको चर्चा गरेको द गार्जियनले लेखेको छ ।

उत्तर कोरियाका छिमेकी देशका राष्ट्रपति म्युङलाई ट्रम्पले किमलाई आफूले अरू कसैले भन्दा बढी राम्ररी चिनेको बताए । ‘किमकी बहिनीपछि लगभग मैले जत्तिको राम्ररी उनलाई कसैले चिन्दैन,’ ट्रम्पले दाबी गरे ।  ट्रम्पको यस्तो टिप्पणीपछि म्युङले भने केही मुस्कुराएर धैर्यका साथ ट्रम्पलाई आफ्नो कुरा पूरा गर्न दिएका थिए । र, पछि दक्षिण र उत्तर कोरियाबिचको सात दशक लामो गतिरोध अन्त्य गर्न सक्ने ‘एक मात्र व्यक्ति’ ट्रम्प भएको भनेका थिए ।

‘म किमलाई भेट्न चाहन्छु । म उपयुक्त समय निकालेर भविष्यमा किम जोङ उनसँग भेट्न उत्सुक छु,’ ७९ वर्षीय ट्रम्पले भने । पहिलाको भेटमा ‘किम मसँग राम्ररी प्रस्तुत भएका थिए । मैले उनीसँग धेरै समय बिताएँ । हामीले सामान्यतया अनौपचारिक कुरा गरेका थियौँ । उनको देश अथाहा सम्भावना भएको देश हो ।’ ट्रम्पले किमसँगको सम्बन्ध ‘यस्तै कायम रहोस्’ भन्ने आशा पनि व्यक्त गरे ।

ट्रम्पको प्रशंसाका बाबजुद उत्तर कोरियाले भने पछिल्लो समय आफ्नो देशको आणविक कार्यक्रमबारे कुनै पनि वार्तामा संलग्न नहुने बताएको छ । उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाबिच भएको पछिल्लो संयुक्त सैन्य अभ्यासको निन्दा गर्दै आणविक हतियारको विकासलाई तीव्र पार्ने वाचा गरेको छ ।