
ज्ञान निकेतन, स्वर्णिम, बेसिक लर्निङ, ब्राइट होराइजन र रिब्सले मंगलबार तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताका उपाधि जितेका छन् । बास्केटबलको पुरुषमा ज्ञान निकेतन र महिलामा स्वर्णिम च्याम्पियन बने ।
पुरुष फुटसलको यू–११ मा बेसिक लर्निङ, यू–१३ मा ब्राइट होराइजन र यू–१६ मा रिब्स पहिलो भएका छन् । न्यु जेनिथको कोर्टमा भएको बास्केटबलको पुरुष फाइनलमा ज्ञान निकेतनले कन्स्टिलेसनलाई ६५–४३ ले पराजित गर्यो । महिलातर्फको उपाधि भिडन्तमा स्वर्णिमले रिब्सलाई २४–२२ को झिनोअन्तरले हरायो ।
यसैगरी, पुरुषमा महेन्द्र र महिलामा हिसी आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । फुटसलको यू–११ फाइनलमा बेसिकले चेल्सी वल्र्ड स्कुललाई टाइब्रेकरमा ५–४ ले पाखा लगायो । यू–११ को फाइनलमा ब्राइट होराइजनले हार्टल्यान्ड एकेडेमीलाई ७–० ले पन्छायो । यू–१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजमाथि १–० को कठिन जित दर्ता गर्यो ।
यू–११ मा एआईका सोयाङ लामा, यू–१३ मा विद्यावाणीका आरभ कलौनी र यू–१६ मा रिब्सका श्रमन गुरुङ उत्कृष्ट खेलाडी चुनिए । यू–११ मा चेल्सीका समृद्ध कँडेल, यू–१३ मा ब्राइट होराइजनका महेन्द्र सन्ज्याल र यू–१६ मा रिब्सका आयुष केसी उत्कृष्ट गोलरक्षक ठहरिए ।