मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
२o८२ भदौ १० मंगलबार १७:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचौँ अन्तर्राष्ट्रिय युवा फोरम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार १७:३५:oo

मानव अधिकार र दिगो विकास लक्ष्यसम्बन्धी छलफल, आदान–प्रदान र समाधान खोज्ने उद्देश्यका साथ पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय युवा फोरम थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्रसंघको एस्केप हलमा सम्पन्न भएको छ। 

फोरममा काठमाडौं महानगरका प्रतिनिधिसहित नेपालका २५ जनासँगै ६२ देशहरूबाट  ३५० भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए। यसपटकको फोरममा जलवायु परिवर्तन, नैतिक कृत्रिम बुद्धिमत्ता, लैंगिक समानता, शिक्षा–नवप्रवर्तन, मानव अधिकार प्रवर्द्धन र वैश्विक साझेदारीलाई मुख्य एजेन्डा बनाइएको थियो। 

यसपटकको फोरममा विश्वभरका युवा, नीति–निर्माता, राजदूत, मानव अधिकार कार्यकर्ता तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए। सम्मेलनमा युवाहरूले सामना गरिरहेका चुनौतीहरू शान्ति र मानवअधिकार, लैंगिक समानता, वातावरणीय संकट, जलवायु परिवर्तन, सामाजिक समावेशीकरण तथा दिगो विकास लक्ष्य कार्यान्वयन जस्ता महत्वपूर्ण विषयहरूलाई केन्द्रमा राखी छलफल भएको थियो।

सस्टेनेबल डेभलपमेन्ट काउन्सिलद्वारा आयोजित र संयुक्त राष्ट्रसंघका निकायहरू, सरकारका प्रतिनिधिहरू तथा नागरिक समाजका अगुवाहरूको सहयोगमा सम्पन्न कार्यक्रमले युवा नेतृत्वमा आधारित विश्वव्यापी अभियानमा नयाँ उचाइ थपेको आयोजकको विश्वास छ। एशिया, अफ्रिका, युरोप, अमेरिका र प्यासिफिक क्षेत्रका आवाजहरू एकत्रित भई जलवायु परिवर्तन, नैतिक कृत्रिम बुद्धिमत्ता, लैङ्गिक समानता र समावेशी शासनजस्ता विषयहरूमा विचार आदानप्रदान भयो।

अन्तर्राष्ट्रिय युवा फोरम २०१७ मा राहुल केसीले काठमाडौंबाट सुरु गरेका थिए। संस्था विश्वव्यापी युवा नेतृत्वको मञ्च बन्न सफल भएको विभिन्न वक्ताहरूले बताएका थिए।