मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८२ भदौ १० मंगलबार १७:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुई बेपत्ता

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार १७:१५:oo

तातोपानीबाट बाह्रबिसे जाँदै गरेको बोलेरो भोटेकोसी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता भएका छन्।

दिउँसो साँढे ३ बजे भोटेकोसी गाउँपालिका–२ हिन्दीस्थित कोदारी सडकबाट बा २१ च ७५४४ नम्बरको बोलेर २० मिटर तल नदीमा खस्दा चालक सर्लाहीको बरथहवा नगरपालिका– २ का २३ वर्षीय राजेशकुमार कुशहवा र सहचालक रौतहटको बौधिमाई नगरपालिका– १ बस्ने २५ वर्षका रामप्रवेश महतो बेपत्ता भएका प्रहरीले जनाएको छ।

प्रहरी चौकी हिन्दीबाट प्रहरी सहायक निरीक्षक नवराज नेपालको कमाण्डमा दुईजना र इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक सुमेश पाण्डेको कमाण्डमा दुईजनाको टोली घटनास्थल पुगेर खोजीकार्य जारी राखेका छन्।

टुचन लगाएर बोलेरो नदीबाट बाहिर निकालेको प्रहरी निरीक्षक सुमेश पाण्डेले जानकारी दिए। टुचनले बोलेरो तान्दा एकजना पुरुषको शव नदीले बगाएको बताउँदै उनले अर्को शव पहिल्यै बगाएको हुनसक्ने आशंका व्यक्त गरे।